ताजा समाचार

सलमान खानलाई नेपाल आउन अदालतकाे  अनुमति

कालो हरिण मारेकाे मुद्दामा ५ वर्षकाे सजाय पाएका भारतीय अभिनेता सलमान खानलाई नेपालमा कन्सर्टका लागि जान अदालतले अनुमति दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।

आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउादो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिादैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org