ताजा समाचार

सशस्त्रमा प्रहरीमा जागिर लागाइदिन्छु भन्दै ठगि गर्ने युवती पक्राउ

 काठमाडाैं, ५ चैत । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगि  गर्दै अाएकी २७ वर्षाीया  युवती मञ्जु बुढाथोकीलाई  प्रहरी नियन्त्रणमा लिएकाे छ ।

बुढाथाेकीले विभिन्न ब्यक्तिलाई आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै जागिर लगाईदिने प्रलाेभनमा पारी रकम असुल्ने गरेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले उनीलाई नियन्त्रणमा लिएर थप  अनुसन्धान थालेको छ । उनले हालसम्म ५ जनालाई ठगि गरी रकम  लिएकाे प्रारम्भिक अनुसन्धानकाबाट खुलेकाे छ ।

उनले  जागिर लगाईदिन्छु भन्दै काठमाडौंको वनस्थलीमा बस्ने राधा शाहीबाट १ लाख ४५ हजार रुपैयाँ , कपन बस्ने रेणुका भण्डारीसँग ५० हजार रुपैयाँ, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनुवारसँग १९ हजार रुपैयाँ  लिएको  प्रहरीले बताएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org