ताजा समाचार

सहकारीलाई पनि प्रतित पत्र खोल्न दिने

काठमाडौं,२८ फागुन। बस्तु निर्यात गर्न सक्ने सहकारीलाई प्रतित पत्र खोल्न सक्ने सुविधा दिने सरकारको योजना छ । ‘निर्यात गर्न सक्ने सहकारीलाई अगाडी बढाउनै पर्ने भएको छ । सहकारी ऐनलाई पुनः परिभाषित गरेर उनीहरुले पनि प्रतित पत्र खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ,’ अर्थमन्त्री डा। युवराज खतिवडाले उल्लेख गरे । साना किसान लघुवित्त विकास बैंकको १७ औं बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

आयात नियातका काममा व्यवसायीहरुको भुक्तानीको लागि एउटा देशको वित्तीय संस्थाले अर्को देशको वित्तीय संस्थालाई भुक्तानी सुनिश्चतता प्रदान गर्न प्रतित पत्र जारी गरिदिन्छन् ।

निर्यात बढाउन सहकारीबीच सञ्जालीकरणको काम पनि शुरुवात गर्ने रणनीति अर्थमन्त्रीको रहेको छ । उनले सहकारीबाट मात्र किसानमा लगानी गर्न सक्ने अवस्था नबनेमा अन्य बाहिरी प्रणालीबाट लगानी बढाउने बताए ।

‘यो किसानहरुको सरकार हो, आवश्यकता अनुसार किसानमा लगानी बढाउन आफ्नै संरचना समेत बनाउनेछौं,’ खतिवडाले उल्लेख गरे । किसान र बजार मूल्य श्रंखलालाई जोड्ने प्रयास पनि गरिने खतिवडाले घोषणा गरेका छन् ।

साना किसान सहकारीबाट व्यवसाय विस्तार गरिररहेकाहरुलाई ऋणको सीमाले समस्या पर्न थालेकोमा यसबारे पनि सोच्नु पर्ने पुर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org