ताजा समाचार

सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु

 

अमान, ९ वैशाख । जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा परी सांसद अमाम्रेह उनकी श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन ।

त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन् ।

जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org