ताजा समाचार

साढे ३३ किलो सुन काण्डमा पुर्व डिआइजी पक्राउ : मृत्यु भएका तीन अाराेपिकाे हत्या भएकाे अाश‌ंका

 

काठमाडौं,१० वैशाख । साढे ३३ किलो सुन तस्करीमा सँलग्न भएको आरोपमा पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् । पक्राउ परेका निरौलालाइ बानेश्वर प्रहरी बृतमा राखिएको छ।

निरौला गत चैत २८ मा अवकाशमा गएका प्रहरी अधिकारी हुन् । दुबइबाट गत फागुन ९ गते तस्करले ल्याएको साढे ३३ किलो सुन गायव भएको थियो । सुन गाएब भएपछि सुन बोक्ने भरिया सनम शाक्यको फागुन १९ गते हत्या भएको थियो ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समिति निरौलालाई आज नियन्त्रणमा लिएको हो ।

सनम शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो तर उनको हत्या कि मृत्यु भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

३३ किलो सुन काण्डकै पक्राउ परेका अर्का आरोपि प्रेमराज चौधरीले भने सिंहदरबार प्रहरी बृतमै आत्महत्या गरेका थिए।साढे ३३ किलो सुन काण्डका यी तीनै आरोपिको हत्या गरिएको आशंका गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान,अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पनि सुन काण्डमा मुछिएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org