ताजा समाचार

साहित्यकार शुभेच्छु पुरस्कृत

काठमाडौं । स्याङ्जाका समाजसेवी, शिक्षासेवी पण्डित आनन्दमणि ढकाल तथा टुल्कीदेवी र नन्दकला ढकालको सम्झनामा स्थापित विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा शनिबार पण्डित आनन्दमणि–टुल्की–नन्दकला स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुलाई ताम्रपत्र र नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरियो । त्यस्तै २०७३ सालको परीक्षामा स्याङ्जा जिल्लाभित्र कक्षा ११ को परीक्षामा उत्तीर्ण भई ऐच्छिक नेपाली विषयमा सर्वाधिक अंक ल्याउने बल्याङ नगरपालिकामा अवस्थित भानुभक्त माध्यामिक विद्यालयका छात्र विष्णु अर्याल र नेपाल राष्ट्र माध्यामिक विद्यालयकी छात्रा गीता पाठकलाई पनि सम्मान तथा पुरस्कृत गरियो । तीनै जनालाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेका हुन् । विद्यार्थीहरू कार्यक्रममा भने उपस्थित थिएनन् । उनीहरूलाई जिल्लामै गएर पुरस्कार दिइने प्रतिष्ठानले जानकारी दियो । यो पुरस्कार प्रतिष्ठान प्रत्येक वर्ष दिंदै आएको छ । सम्मानित साहित्यकार शुभेच्छुले नेपाली साहित्यमा लाग्न पुरस्कारले थप उत्प्रेरित गरेको वताए । उनले नेपाली साहित्यमा आएका विकृतीहरूको पनि चिरफर गर्न पनि भ्याए । साहित्यमा विकृत पक्षहरू पनि छन् । अहिले साहित्यमा को वाङ्मयकार भनेर छुट्याउन गाह्रो भएको छ उनले भने, अनुवादमा पनि विकृती आएको छ । यहाँ जसले पैसा लगानी गरेर अनुवाद गराउन सक्छ उसको कृति मात्रै साहित्यको विश्व बजारमा पुग्ने गरेको छ ।

?

प्राध्यापन, साहित्य र पत्रकारितामा क्रियाशील शुभेच्छुले दर्जनभन्दा बढी सिर्जनात्मक कृति, आधा दर्जनभन्दा बढी समीक्षात्मक कृति, दर्जन सम्पादित कृति, चारवटा संग्रह, विद्यालय तथा विश्वविद्यालय तहका आधा दर्जनभन्दा बढी पाठ्य पुस्तकहरू लेखेका छन् । कार्यक्रममा ‘अभिलेखमा पण्डित आनन्दमणि’ नामक पुस्तक प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे । कुलपति उप्रेतीले पण्डित आनन्दमणि ढकालले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकाररू डा।घनश्याम न्यौपाने, गंगा कर्माचार्य, सागर के।सी। लगायतले साहित्यिक रचना सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org