ताजा समाचार

सोलुखुम्बु महामारीः भाइरल पत्ता लगाउन नमूना संकलन, ४५८ को उपचार, विद्यालय बन्द !

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नम्बर २ का भाइरल प्रभावित ४ सय ५८ को उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा. सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४ सय ५८ को उपचार गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । घरमै पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।

शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताए । ‘सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ, भने, ‘गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो ।’ बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ ।

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरिएको छ । काठमाडौँ पु¥याएर प्रयोगशालामा जाँच गरेपछि भाइरसबारे पत्ता लाग्ने र स्वाइनफ्लु भएûनभएकोबारे यकीन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मिङ्मारछिरिङ शेर्पाले जानकारी दिए । महाकुलुङमा फैलिएको भाइरलका कारण यसअघि नै दुई जनाको मृत्यु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org