ताजा समाचार

स्कटल्याण्डविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्दै

काठमाडौं,२४ फागुन । जिम्बाबेमा जारी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा घरेलु टोली जिम्मबाबेसँग फराकिलो हारको सामना गरेको नेपाली टोली आज स्कटल्याण्डविरुद्ध फरक रणनीतिका साथ उत्रिने विश्वास गरिएको छ । तर, आजको खेलमा नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । खेल केही बेरमा सुरु हुनेछ ।

यसअघि भएका दुबै खेल जित्दै स्कटल्याण्ड अंक तालिकाको पहिलो स्थानमा रहेको छ । स्कटल्याण्डले अफगानिस्तान र हंकङलाई जितेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org