ताजा समाचार

स्थानीय तह निर्वाचनका लागि टुंगो लाग्यो २ वटा विधेयक

काठमाडौं, १० माघ ।  संसदको राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ५ मध्ये २ वटा विधेयकको टुङ्गो लगाएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले केही फरक मतसहित मतदाता नामावली र निर्वाचन आयोग सम्बन्धी विधेयक बुझाएको हो ।

राज्य व्यवस्था समितिले ती विधेयकहरु संसदमा अघि बढाउने भएको छ ।  राज्य व्यवस्थाले गत पुस ९ गते उपसमिति बनाएर ती विधेयकमाथि छलफल चलाएको थियो । ती विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरक मत दर्ता गर्नुभएको छ ।

निर्वाचन आयोगले माघको मध्यसम्म चुनावका लागि आवश्यक पर्ने कानुनहरु निर्माण भए मात्रै स्थानीय तहको निर्वाचन सम्भव रहेको बताएपछि उपसमितिले समयसीमाभित्रै त्यसको टुङ्गो लगाउने तयारी थालेको छ । अहिले केहीबेरमा बस्ने उपसमिति बैठकमा राजनीतिक दल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल शुरु हुने फुयाँलले बताउनुभयो ।

त्यसपछि निर्वाचन कसुर र सजायं  तथा स्थानीय तहको निर्वाचन सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकमाथि छलफल थाल्ने योजना उपसमितिको छ । माघ १५ भित्रै ५ वटै विधेयकहरु संसदलाई बुझाउने तयारी राज्य व्यवस्था समितिको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org