ताजा समाचार

स्पेनिस ला लिगाको उपाधी रियल मड्रिडलाई

काठमाडौं, ८ जेठ । यस सिजनको स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । लिगको अन्तिम खेलमा मालागालाई २-० ले पराजित गर्दै रियलले ५ वर्षयता पहिलो पटक ला लिगाको च्याम्पियन बनेको हो। अन्तिम खेलमा बार्सिलोनाले आइबरलाई ४-२ ले हराएपनि उपाधि जोगाउन पर्याप्त भएन।

रियलले मालागालाई उसैको मैदानमा हराउने क्रममा क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले एक एक गोल गरे। जितपछि रियलले ३८ खेलबाट ९३ अंक जोड्यो। यता २ गोलले पछि परेको स्थिती उल्टाउँदै बार्सिलोनाले दश खेलाडीको आइबरलाई ४-२ ले हरायो। ३८ खेलबाट बार्सिलोनाले ९० अंक बनायो। बार्सिलोनाको जितमा लियोनल मेसीले २ तथा लुइस सुवारेजले १ गोल गरे। आइबरका डेभिड जुनकाले आत्मघाती गोल उपहार दिए।

त्यसअघि बार्सिलोनाको घरेलु मैदानमा जापानी खेलाडी ताकासी इनुइले २ गोल गर्दै पहिलो हाफमै आइबरलाई २-० को अग्रता दिलाएका थिए। खेल २-२ को बराबरी रहेको अवस्थामा आइबरका एन्डर कापाले दोहोरो पहेँलो कार्ड सामना गरेका थिए।

लिगाकै अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई ३-१ ले हरायो भने सेभियाले ओसासुनालाई ५-० ले पराजित गर्‍यो। एथ्लेटिको तेस्रो स्थानमा रहदै अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनौट हुँदा सेभियाले भने च्याम्पियन्स लिगका लागि प्लेअफ खेल्नुपर्नेछ।

यस्तै भियारियलले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै आगामी सिजनको युरोपा लिगमा स्थान बनाएको छ। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएको रियल सोसिडाडले भने युरवपा लिगको लागि प्लेअफ खेल्नुपर्नेछ। एथ्लेको मड्रिडसँग हारेको विल्वाओ भने सोसिडाड भन्दा एक अंक पछि पर्दै युरोपियन प्रतियगिताको लागि छनौट हुन सकेन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org