ताजा समाचार

हाँडीगाउँको पोखरीमा गहना खोज्नेको भीड

काठमाडौँ। आइतबार साँझ राजधानीको हाँडीगाउँमा रहेको एक पोखरीमा गहना खोज्ने मानिसहरुको भीड लाग्यो। जम्मा भएका मानिसहरुले पोखरीभित्र पसेर गहना खोजिरहेका थिए। वर्षमा एकपटक हुने जात्राको क्रममा ती मानिसहरु गहना खोज्न हाँडीगाउँको गहनापोखरीमा पसेका हुन्।

काठमाण्डुको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको हो। हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org