ताजा समाचार

हैदरावाद आईपीएलको फाइनलमा

 

 

 

काठाडौं, १२ जेठ । इण्डियन प्रिमियर लिग ९आईपीएल०को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो ।

आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ ।

हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो । हैदरावादका राशिद खानले ३ विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच अवार्ड दिइयो ।

यसअघि टस हारेर व्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org