ताजा समाचार

१ सय ३० रेस्टुरेन्टका परिकार अब एउटै एप ‘फुडमाडौं ’ मा


काठमाडौं ।  फुटमाण्डु प्रा.लि.ले काठमाडौं र ललितपुरका १ सय ३० भन्दा वढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पाएक पर्ने स्थानमा सिधै अर्डर गर्नका लागि फुडमाण्डु  नामक मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । फुडमाण्डु एप एन्ड्रोइड र आइओएस दुबै अपरेटिड् सिस्टमका लागि उपलब्ध छ ।

फुडमाण्डुबाट प्रात्त जानकारी अनुसार हालै अप्डेट गरिएको फुडमाण्डु २.१.० भर्सजनमा कस्टमरले सेवा प्राप्त गर्न साथ फुडमाण्डु अनुभवलाई तत्काल रेट गर्न सकिने फिचर समावेश गरिएको छ ।
यसले ग्राहकहरुको चाहनाअनुरुप सेवा एप तथा फुडमाण्डु वेबसाइटमा समावेश गर्न मद्दत गर्ने कुरा कम्पनीको छ ।

स्वास्थ्यकर परिकार  छिटो र भरपर्दाेरुपमा ग्राहक समक्ष पुर्याउनु फुडमाण्डुको मुख्य उदेश्य रहेको कुरा फुडमाण्डुले जनाएको छ । फुडमाण्डु एपको प्रयोग गरेर तपाईले एउटै एपबाट आफूले चाहेको रेस्टुरेन्टका फुड आइटम घर वा आफू रहेको स्थानमा अर्डर गर्न सक्नुहुनेछ । यस एपमार्फत अर्डर गरिएको ४५ मिनेटभित्र अर्डर डेलिभरी हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org