ताजा समाचार

५० हजार घुससहित राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

 

 महोत्तरी , १० वैशाख । बर्दिवास शाखाकाे राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बर्दिवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई  पक्राउ गरेको हो ।

युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास ९ मा रहेकाे  रञ्जना गाई फार्मलाई  १० लाख रुपैयाँ ऋण उपलब्ध गराउने र साे ऋण  दिए बापत  ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org