ताजा समाचार

नेप्लीज अमेरिकन कन्भेन्सनमा सहभागि हुन प्रियंका कार्की अमेरिका आउने

वाशिंगटन डिसी, १ जेठ । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस आउने भएकी छिन् ।उनी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आउने निधो भएको जानकारी प्याट्रिक सुबेदीले दिएका छन् ।

नायिका प्रियंका जुन महिनाको अन्त्यमा आउने भएकी छिन् भने प्रियंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् । बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुनेछ । भेषभूषाको डिजाइनर ओढनी बुटिकले गर्ने भएको छ ।

भेषभूषा प्रतिस्पर्धामा सहभागी हुनको लागि आवेदन पत्र खुला गरिएको छ भने प्रवेश शुल्क ५० डलर राखिएको छ । १८ देखि २९ बर्षका युवतीहरुले निवेदन दिन सक्ने आयोजकले बताएका छन् ।

नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए । हाल सम्म ८ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org