ताजा समाचार

५५ हजार दिने भनिएकोमा ३१ हजार मात्रै तलब दिएको भन्दै म्यादी प्रहरी आन्दोलित

काठमाडौं, २३ जेठ । मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको तलब नपाएको भन्दै ललितपुरमा कार्यरत म्यादी प्रहरीहरु सड्कमा उत्रिएका छन् । मंगलबार मध्यान्ह जावलाखेलबाट सिंहदरबारतर्फ जाने भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकले रोकेको थियो ।

पुल्चोकबाट ‘एसएसपी साबसँग कुरा गराउँछौ’ भन्दै इन्सपेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेल फर्काएको थियो । म्यादी प्रहरीहरुले ललितपुर प्रहरीबिरुद्ध नाराबाजी गर्दै ‘संस्थागत भ्रष्टाचार बन्द गर्न’ आग्रह गरेका थिए ।

जेठ १८ गतेदेखी आफुहरुको कार्यकाल सकिएपनि सरकारले तोकेअनुसार पैसा नदिएर ड्युटीमै खटाएको भन्दै उनिहरुले ललितपुर प्रहरी प्रमुख (एसएसपी) ठूले राई बिरुद्ध आक्रोश पोखेका थिए । ‘हामी बच्चा छाडेर ड्युटीमा खटियौं’ एक महिला म्यादीले भनिन्, ‘अनि हामीले तोकेको तलब किन नपाउने ?’

सञ्चारमाध्यममा ५५ दिनको तलव सुविधा ५१ हजार, पोशाक बापत ७ हजार १ सय, खाजा खर्च र भत्ता छुट्टै आउँछ भनेर उल्लेख गरिएको भए पनि ललितपुर प्रहरीले ३१ हजार मात्रै दिएको म्यादी प्रहरीहरुले आरोप लगाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org