ताजा समाचार

- सप्तरीमा दुई को मृत्यु

राजविराज, ३१ जेठ । सप्तरीको छुट्टाछुटै घटनामा परी आज एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको बेल्हीचपेना गाउँपालिका– १ मा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ३५ वर्षीय देवजी मण्डल रहेको प्रहरीले जनाएको छ । उनको आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सप्तरीको खडक नगरपालिका– २ स्थित पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मिलन चौधरीको सात वर्षीया छोरी निरुता चौधरी रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका लाली साहको पोखरीमा गर्मी छल्नका लागि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । रा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org