ताजा समाचार

‘बोल्ड सिन’ दिन नमान्दा एकताको फिल्मबाट सनी लियोनी आउट, रिया सेन ‘रिप्लेस’

काठमाडौं, २ असार । निर्मात्री एवम् नायिका एकता कपुरले सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।

यसको कारण खोज्दै जाँदा ‘रागिनी एमएमएस २’को सुटिङको अवस्थामै पुग्नुपर्छ । त्यतिखेर एकता सनीसँग खुसी नभएको खबर आएको थियो । उनलाई सनीले दिक्क बनाएको खबर चर्चामा थियो ।त्यतिखेरको काम सोचेजस्तो नभएर नै एकताले सिक्वेलमा सनीलाई नरोजेको खबर छ ।

त्यतिखेर एकताले सनीमार्फत फिल्ममा हरर सिन राख्ने सोचेकी थिइन् । उनले सनीको ‘पोर्न इमेज’को फाइदा उठाउने कोसिस पनि गरिन् ।तर, सनीले ‘बोल्ड सिन’ दिन इन्कार गरिदिइन् । यो कुराले एकतालाई दुःखी तुल्यायो । सनीको यही व्यवहारका कारण उनी कहिल्यै सँगै काम नगर्ने निर्णयमा पुगिन् । यसकारण रागिनी एमएमएस २ को सिक्वेलमा उनले सनीलाई लिइनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org