ताजा समाचार

भारतले क्रिकेट हारेपछि समर्थकहरु तोडफोड, नाराबाजी र पुत्ला दहन गर्दै सडकमा उत्रिए

काठमाडौं, ५ असार । पाकिस्तानले आइसीसी च्याम्पियन ट्रफी उचालेपछि भारतमा आन्दोलन तथा प्रदर्शन गरेका छन् । आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोख्दै विरोध प्रदर्शन गरेका छन् ।

कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो । त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको भारतीय न्यूज च्यानल टाइम्स अफ इण्डियाले जनाएको छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । तर, पाकिस्तानले १८० रनको फराकिलो अन्तरले भारतलाई पराजित गरेपछि स्तब्ध बनेका भारतीय क्रिकेट फ्यानले प्रदर्शन, तोडफोड र नाराबाजी गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org