ताजा समाचार

आइफोन एटका विशेषता लञ्चपूर्व लिक भए, यस्तो छ नयाँ

काठमाडौं । आइफोन एटको लञ्चपूर्व नै विशेषता लिक भएको छ । यो मोडललाई कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । तर यसका अधिकांश विशेषता लञ्चपूर्व नै सार्वजनिक भईसकेका छन् । यद्यपी, कम्पनीले अहिलेसम्म आइफोन एटको विशेषताबारे केही आधिकारिक पुष्टि गरेको छैन । आइफोन एटको लिक भएको तस्बिरबाट यो थाहा हुन्छ कि यसपटक आइफोनको डिजाइनमा निकै परिवर्तन गरिएको छ ।

यसपटक लिक भएका तस्बिरमा सबैभन्दा धेरै यो मोडलको टेम्पर ग्लास र स्क्रिनको चर्चा भइरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्च लामो हुनेछ भने यसको स्क्रिन पनि बेजल–लेस हुनेछ । यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न सकिन्छ । लिक भएको तस्बिर अनुसार यसपटक आइफोन एटको ड्युएल क्यामरा तेर्सोको साटो ठाडो हुनसक्छ ।

साथै यसपटक आइफोनको फिंगरप्रिन्ट सेन्सरको अगाडि हुने सम्भावना छ । धेरैजसो मोबाइलमा फिंगरप्रिन्ट सेन्टर पछाडि तर्फ हुन्छ । यो फिचरबाट एप्पल फिंगरप्रिन्ट सेन्सरलाई मोबाइलको पछाडि राख्ने पहिलो कम्पनी बन्ने गर्दछ । आइफोन एटको विशेषतामा यसपटक बायोमेट्रिक सिस्टम पनि समावेश हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org