ताजा समाचार

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर दिइने तर के गर्ने काठमाडौंमा गुडाउन नदिइने

काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ । महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनतालाई गोलाप्रथाबाट उपलब्ध गराइने १५ सयवटै ट्याक्सी उपत्यकामा चलाउन असम्भव भएको बताए । ‘जुन जिल्लाका जनतालाई ट्याक्सी उपलब्ध गराइन्छ, सोही जिल्लामा नै ट्याक्सी गुडाउन सम्बन्धित निकायलाई सिफारिस गरेका हौं,’ नगरप्रमुख शाक्यले भने, ‘यो निर्णय कार्यान्वयन गर्नका लागि सरकारले सघाउनु पर्छ ।’

राजधानीमा बढ्दो ट्राफिक जाम, सहरी प्रदूषण, पार्किङ क्षेत्रको अभावका बीच महानगरको सहरी क्षेत्रमा सुलभ र ठूला बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अनुसार नै सो निर्णय गरिएको नगरप्रमुख शाक्यको भनाइ छ । सरकारले लामो रस्साकस्सीपछि भूकम्पबाट प्रभावित जनतालाई बुधबारदेखि ट्याक्सीको नम्बर प्लेट उपलब्ध गराउने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org