ताजा समाचार

आफ्ना व्यवसायीको बिजनेस खोसिने डरमा भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो

काठमाडौं, ८ असार । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको आजको नागरिकमा खबर छ ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org