ताजा समाचार

बेलायतको ससंदमा साइबर आक्रमण, नेता तथा कर्मचारीको एकाउन्ट ह्याक गर्ने प्रयास

काठमाडौं, ११ असार । बेलायतको संसद्मा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर साइबर आक्रमण भएको हो ।

अधिकारीहरुले संसद्को एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन् । त्यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए । त्यसपछि लन्डनबाहिर रहेका सांसदहरुले ईमेल पढ्न नसक्ने भएका छन् ।

एक जना संसदीय प्रवक्ताले संसदीय नेटवर्क युजर्सको खातासम्म अनधिकृतरुपमा पुग्ने प्रयास भएको बताएका छन् ।उनले संसद्को खाता र सिस्टमको सुरक्षालाई बलियो बनाउने प्रयास भइरहेको बताए । सरकारी अधिकारीहरुले साइबर हमला नियन्त्रणमा आइसके पनि सतर्कता भने जारी राखेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org