ताजा समाचार

केपी ओलीलाई म्वाई खाने महिला सावित्रा भन्छिन्, ‘२५ वर्षपछि भेट भयो, हर्षले चुम्बन गरेंछु’

काठमाडौं, ११ असार । एमाले अध्यक्ष केपी ओलीलाई एक महिलाले किस गरेको भिडियो अहिले निकै भाईरल भईरहेको छ । अध्यक्ष ओलीको गृहजिल्लामा शनिवार आयोजित चुनावी सभामा एक महिलाले एकाएक किस गरिन् । उनले ओलीको गालमा तीन चार पटक किस गरिन् । जुन भिडियो निकै भाईरल भईरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस विषयमा सर्वत्र चर्चा भएको छ ।

ओलीलाई किस गर्ने महिलाका बारेमा विभिन्न अड्कलबाजी गरेपनि अन्ततः उनी अध्यक्ष ओलीकै सानीमा रहेछिन् । केपी ओलीलाई सार्वजनिक मञ्चमै चुम्बन गरेर चर्चामा आएकी ती महिला सावित्रा थपलिया हुन् । उनी झापाको बिर्तामोड ९ गरामनीमा बस्छिन् । उनले अध्यक्ष ओलीलाई किस गरेको विषयले निकै चर्चा पाईरहेको बारे त्यति जानकारी रहेनछ । उक्त भिडियो निकै भाईरल भएको जानकारी पाएपछि उनले आश्चर्य हुँदै भनिन्, ‘हो र १ केमा दिन्छ ? कुन टेलिभिजनमा ?’

उनलाई यूट्यूबको बारेमा थाहा रहेनछ । ‘भोलि तपाईंको छोरालाई भिडियो पठाइदिन्छौं, अनि हेर्नु होला’ भनेपछि उनी खुशी भइन् । र, धन्यवाद दिइन् । ओलीलाई चुम्बन गर्ने सावित्रा ७० वर्षकी भइन् । उनी केपी ओलीकी सानिमा हुन् । वास्तवमा ओलीसँग २५ वर्षपछि उनको भेट भएको रहेछ । उनी ओलीकी सानीमा मात्रै होइनन्, बालसखा पनि हुन् ।

‘उहाँ बुढामावलीमा हुर्किनुभएको थियो, त्यतिबेला हामीले एउटै थालमा भात खाएका थियौं’, उनले सम्झिइन्, ‘त्यसपछि उहाँ धेरै समय हराउनुभो । आन्दोलन, र के र के भनेर हराउनुभएको थियो ।’ थपलियाका अनुसार परिवारमा धेरैजना दाजुबहिनी थिए । र, ओलीसहित अरुले कतिपय बेलामा एउटै थालमा भात खान्थे ।

लामो समयको अन्तरालपछि ओलीसँग भेट हुँदा आफूले मन थाम्नै नसकेको थपलियाले बताइन् । र, भनिन्, ‘२५ वर्षपछि भेट हुँदा हर्षले एक्कासी चुम्बन गरेँछु ।’ उनले थपिन्, ‘पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org