ताजा समाचार

यमनमा हैजाको महामारी अहिलेसम्मकै गम्भीर, दुई लाख मानिस प्रभावित

काठमाडौं, ११ असार । यमनमा फैलिएको हैजाको महामारीले अहिलेसम्म २ लाख मानिस प्रभावित भएका छन् । हैजाको महामारीले थप संकटको अवस्था आएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यमनमा हैजाको महामारीले निकै गम्भीर रुपमा लिएको संयुक्त राष्ट्रसंघीय बालकोस (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएका छन् ।

युनिसेफ र डब्लुएचओले संयुक्त वक्तव्य निकालेर यमनमा फैलिएको हैजाको महामारी विश्वमा फैलिएको अहिलेसम्मकै गम्भीर महामारी रहेको बताएका छन् । महामारी रोक्नका लागि सक्दो प्रयास गरिरहेको तर पनि नियन्त्रणमा आउन नसकेको उनीहरुको भनाई छ ।

अहिलेसम्म हैजाका कारण १३ सय भन्दा धेरैको ज्यान गएको छ । त्यसमा एक चौथाइ बालबालिका छन् । हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ । द्वन्द्वग्रस्त यमनमा दुई महिनाको बिचमा हैजा पूरै देशमा फैलिएको छ । हरेक दिन पाँच हजार हैजाका नयाँ बिरामी भेटिने गरेका छन् ।

सन् २०१५ देखि सरकारी सेना र हुथी बिद्रोहीबिच भएको द्वन्द्वका कारण खानेपानी र सरसफाईको अवस्था पतनको स्थितिमा पुगेको छ ।
द्वन्द्व समाधान गरी हैजाको महामारीमा रहेका मानिसको जीवन रक्षाका लागि एकीकृत प्रयासको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org