ताजा समाचार

गत वर्षसम्म पोइ चाहियो भन्दै गीत गाउने कोमल वलीले किन ‘पोइ नचाहिने’ कुरा गरिन् ?

काठमाडौं, १९ असार । गत वर्ष यसै समयमा गायिका कोमल वलीको एउटा गीत निकै चर्चामा थियो । अविवाहित कोमल वली पछिल्लो समयमा राजनीतिमा सक्रिय छिन् । तीज नजिकिने बेला निकै हंगमा मच्याउँने कोमल वलीले यसपालि भने अलि फरक ढंगले प्रस्तुत भएकी छन् ।

कहिले ‘पोइला जान पाम्’ भन्दै त कहिले ‘हत्तेरीका शिवजी’ भन्दै गीत गाउँने वलीले यसपालि पनि तीजको गीत बजारमा ल्याएकी छन् । उनले गायक पशुपति शर्मासँगै मिलेर ‘पोइ नचाहिने’ भन्दै गीत बजारमा ल्याएकी हुन् । यसपाली चाहि विगतमा आफैले गाएको गीतलाई ‘काउन्टर’ दिँदै पोइला नजाने कुरा गरेकी छिन् ।

पशुपति शर्मासँग भाका हालेकी कोमलले यसपाली ‘पोई नचाहिने’ जनाएकी छिन् । पछिल्लो समय राजनीतिमा पनि सक्रिय उनले प्रस्ट्याएकी छिन्, ‘अब मैले सक्रिय राजनीतिक जीवन सुरु गरेँ । बिगतको गीतलाई बिट मार्नलाई पोई नचाहीएको कुरा गरेको हुँ ।’

यसपालीको तीज गीतको भिडियोमा अभिनय पनि कोमल र पशुपतिले नै गरेका छन् । आफु राजनीतिमा लागे पनि गीत संगीतवाट टाढा नहुने धारणा राख्ने कोमलले यसपाली तीज विषेश केही कार्यक्रममा सहभागी हुने योजना बनाएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org