ताजा समाचार

न्यूयोर्कको सेन्ट्रल पार्कमा नायिका प्रियंका चोपडाले यस्तो के गरिन्

काठमाडौं, ३० असार । प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । उनलाई मंगलबार न्यूयोर्क सिटिमा फिल्मको सुटिङ गरिरहेको देखिएको छ । इन्टाग्राममा सार्वजनिक गरिएका तस्बिरमा प्रियंकालाई नायक एडम डिभाइनसँगै देखिएको छ । तस्बिर हेर्दा उनी कुनै समस्यामा फसेको जस्तो देख्न सकिन्छ ।

उक्त फिल्म न्यूयोर्क शहरको एक आर्किटेक्ट नटालीको जीवनमा आधारित छ जो आफ्नो पहिचान बनाउनका लागि जुझिरहेकी छिन् । न्यूज एजेन्सी आइएएनएसले एक बयान जारी गर्दै न्यू लाइन सिनेमाको रोमान्टिक कमेडी फिल्म ‘इजन्ट इट रोमान्टिक’ को प्रिन्सिपल फोटोग्राफी टोड स्ट्राउस–स्चुल्सनको रेखदेखमा सुरु भएको हो ।

फिल्मको यो पहिलो दृश्य न्यूयोर्कमा नै छायांकन गरिएको हो । फिल्ममा प्रियंकाका साथै रेबेल विल्सन, लिआम हेम्सवर्थ र एडम डिभाइन मुख्य भूमिकामा हुनेछन् । उक्त फिल्म सन् २०१९ मा भ्यालेन्टाइन डे को मौकामा रिलिज हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org