ताजा समाचार

नेपालमा आजदेखि लागू हुने भनिएको क्लिन फिड नीति लागू भएन्

काठमाडौं, १ साउन । अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । नेपाली टेलिभिजन व्यवसायीहरुसँग निरिह बन्दै सरकार आजदेखि कार्यान्वयनमा आउने भनिएको क्लिन फिड नीतिबाट पछि हटेको हो । सञ्चार मन्त्रालयले एक सूचना जारी गरी सो नीति कार्यान्वयनका सम्बन्धमा गर्नुपर्ने कतिपय कार्यहरु गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

नेपालीले पैसा तिरेर हेर्ने गरेको विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाउने नीति अन्ततः कार्यान्वयनमा नआउने भएको हो । उपभोक्ताले च्यानलकै लागि पैसा तिरिसकेपछि उसको विज्ञापन पनि हेरिरहन आवश्यक नहुँने विश्वव्यापी प्रचलन अनुशार नेपालमा पनि क्लिन फिड नीति लागू गर्न खोजिएको थियो ।

भारतीय टेलिभिजन च्यानलहरुको साझा संस्था इन्डियन ब्रोडकास्टिङ फेडेरेसनले नेपालमा क्लिन फिड लागू भए विज्ञापनरहित सामाग्री मात्रै पठाउन नसक्ने जनाएको थियो । यस्तो नीति नेपालका लागि घातक हुने र नेपालको आर्थिक समृद्धिमा यो नीति ठीक नहुने भन्ने अर्तिउपदेशले भरिएको विज्ञप्ति सो संस्थाले जारी गरेको थियो ।

त्यो भन्दा पनि नेपालमा टेलिभिजन च्यानलहरुले नै यो नीतिमा भिलेन खेल्दिएपछि नेपालमा तत्काल क्लिन फिड नीति लागू नहुने भएको हो । नेपालका टेलिभिजन च्यानलहरुले विदेशी च्यानलमा भारतको विज्ञापन नबजेर नेपालको विज्ञापन हालियो भने आफ्ना टेलिभिजनहरुले विज्ञापन नपाउने भनेर विरोध गरेपछि यो नीति कार्यान्वयनमा नआएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org