ताजा समाचार

युवतीहरुमा मेहन्दी तथा चुरा मोह (फोटोफिचर)

काठमाडौं, १ साउन । साउन महिना सुरु हुनासाथ नेपाली महिलाका हातहरु मेहन्दी र हरियो चुराले भिज्न थाल्छन्। हरियो चुरा, हरियो साडीसँगै मेहन्दी लगाउने यो मौसम नेपाली संस्कृतिको अभिन्न हिस्सा बन्न थालेको छ । मेहन्दीको रङ जति गाढा भयो उति नै माया पनि गाढा हुने विश्वासका साथ विशेषगरी युवतीहरु मेहन्दी लगाउन उत्साहित हुने गरेका छन्।

साउन महिनाको आगमनलाई मेहन्दीमय बनाउन राजधानी लगायत देशभरका विभिन्न स्थानमा महिलाहरुको भिड लागेको छ । चोक चोक तथा मेहन्दी लगाउने पसल, ब्युर्टी पार्लर तथा चुरा पसलहरुमा महिलाको भिड लागेको छ । साउन प्राकृतिक रूपमा नै हरियाली महिना हो । प्राकृतिक रूपमा हरियाली महिनालाई हरियाली फेसनले अझै सुन्दर बनाएको छ ।

केही वर्षयता साउनमा हरियो चुरालगायत हरियो पहिरन र मेहन्दीले सजिएर शिवको व्रत बस्ने प्रचलन बढ्दै गएको छ । विवाहित हुन् वा अविवाहित महिला, हातभरि मेहन्दी र हरिया चुरा र हरियो पहिरनमा सजिएको देख्न सकिन्छ । तस्बिरमा हेर्नुस् युवा पुस्ताको मेहन्दी तथा चुरा मोहः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org