ताजा समाचार

यू-२३ च्याम्पियनसिपमा छनौटमा नेपालको लगातार दोस्रो हार, उज्वेकिस्तानसँग २-० ले पराजित

काठमाडौं, ३ साउन । युएईमा जारी यू-२३ च्याम्पियनसिप फुटबलको छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार
ब्यहोरेको छ । छनौट चरणको समूह डी मा रहेको नेपालले दोस्रो खेलमा सोमबार राति उज्वेकिस्तानसँग दुई शून्य गोलले पराजित हुँदै
दोस्रो हार व्यहोरेको हो ।

पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५-० ले पराजित भएको थियो । लगातार दोस्रो पराजयसँगै नेपाल यू-२३ च्याम्पियनसिपमा छनौट हुने सम्भावना सकिएको छ । अबुधाबी स्थित ताहनुन बिन मोहम्मद स्टेडियममा भएको खेलको २१ औं मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै उज्वकिस्तानले अग्रता बनायो ।

उज्वेकिस्तानका तुर्सुनोभले हेड मार्फत गोल गर्न सफल भए । पहिलो हाफमा एक शून्यले पछि परेको नेपालले खेल सकिन दश मिनेट बाँकी हुँदा दोस्रो गोल खायो । उज्वेकिस्तानका लागि गानिएभ अजिजोनले गोल गरेका थिए । समूहको तेस्रो खेल नेपालले अब बुधबार लेवलानसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org