ताजा समाचार

राजधानीका सडक अघिल्लो दिन पुर्‍यो भोलिपल्ट उस्तै खाल्डो

काठमाडौं, ९ साउन । उपत्यकाका सडकका खाल्डा ग्राभेलमात्र हालेर पुर्दा भोलिपल्ट उस्तै अवस्थामा परिणत हुने गरेका छन् । कतिपय ठाउँमा सवारीसाधन गुड्दागुड्दै पनि ग्राभेल उक्किने गरेको छ। अहिले कामचलाउका रूपमा खाल्डा पुर्ने र हिउँद लागेपछि त्यसलाई पक्की बनाइने खाल्डा पुर्ने र हिउँद लागेपछि त्यसलाई पक्की बनाइने खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले बताए । उनीहरूका अनुसार निरन्तर पानी परिरहेकाले पक्की सडक बनाउन अप्ठ्यारो परेको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पानी नपरेको मौका छोपेर काम गर्नुपरेका कारण सोचेजस्तो प्रगति नभएको बताए । उनले भने, ‘धेरै ठाउँमा धमाधम काम भइरहेको छ, तर मुख्य समस्या पानी पर्नु र निर्माण सामग्री पाउन मुस्किल हुनु हो।’ उनले यस विषयमा आइतबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा स्थानीय तहलाई समन्वय गरी काम गर्न निर्देशन दिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org