ताजा समाचार

नेपाल-भारत लगानी सम्मेलनलाई सम्वोधन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं, ९ साउन । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org