ताजा समाचार

कतार संकटको प्रभावले रोजगारीमा जाने नेपालीको संख्या घट्यो

काठमाडौं, १० साउन । वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको छ । असारमा कतारमा संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५ हजार ५ सय १५ बजना रहेको छ । सो महिना कतारका लागि ३८ हजार ९ सय ८५ जनाको मागपत्र आएको थियो ।

गत वर्षको यही महिना कतारका लागि ८ हजार ८ सय ५६ जना कामदार संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको राजधानी दैनिकमा खबर छ । सो संख्या गत वर्षको असारको भन्दा ३ सय ४१ जनाले कम हो । हाल कतारमा अन्य खाडी क्षेत्रका देशहरुले लगाएको नाकाबन्दीको प्रभावकै कारण अहिले नेपालबाट कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org