ताजा समाचार

गाईभैँसीलाई पनि सुत्केरी भत्ता ! पहिलो भत्ता दुई हजार पाँच सय

लमजुङ, १० साउन । लमजुङका गाईभैंसीले पनि सुत्केरी भत्ता पाउन थालेका छन् । जिल्ला पशु सेवा कार्यालय लमजुङले गाईभैंसीलाई दुई हजार पाँच सय रुपैयाँका दरले सुत्केरी भत्ता दिन थालेको हो । पशु स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्ताले किसान निकै खुसी भएका छन् ।

पहिलो पटक जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपैयाँका दरले सुत्केरी भत्ता दिईएको छ । आर्थिक वर्ष २०७३७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् । आफ्नोगोठमा उत्पादन गरिएको उन्नत नश्लको बाच्छी पाडीको पहिलो बेतमा यो सुत्केरी भत्ता दिईएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org