ताजा समाचार

वरिष्ठको खेलमा स्थानीय निकायः कर्मचारीबीच द्वन्द्व, उस्तै परे राजीनामा दिने मनसायमा

File photo

काठमाडौं, ११ साउन । सरकारले पटक पटक ताकेता गरे पनि जिल्लाका दुई दर्जन जति विषयगत कार्यालयका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ । त्यस्तै परे राजीनामा दिन्छु, सरकारले खटाएको ठाउँमा जान्नँ भन्ने मनोबल विभिन्न मन्त्रालय अन्तर्गतका विषयगत कार्यालयका कर्मचारीहरुमा बढ्दै गएको पाइएको छ ।

जिल्लामा रहेका विषयगत सरकारी कार्यालय स्वास्थ्य, शिक्षा, वन, कृषि, पशु, सिँचाइ, महिलालगायत कार्यालयका कर्मचारीहरुले स्थानीय तहमा जान खासै इच्छा देखाएको पाइँदैन ।

काठमाडौं, ललितपुर र भक्तपुरलगायत शहरी क्षेत्रमा रहेका स्थानीय तहमा खटिएका एकाध कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारीभन्दा स्थानीय तहमा पहिलेदेखि कार्यरत कर्मचारीहरु हटाएर आफूलाई वरिष्ठ बनाउनुपर्ने सर्त राख्ने गरेको पाइएको छ । यसले गर्दा समायोजन भएर आएका कर्मचारीहरु र स्थानीय तहका कर्मचारीबीच विवाद र द्वन्द्व हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org