ताजा समाचार

पानीमा भिज्दै अपांगको उद्धार गर्ने सुजाता भन्छिन्,’एकछिनको कारणले जिन्दगी बर्बाद हुन्थ्यो’

काठमाडौं, ११ साउन । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो । सधै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन । पानीले भिजेको महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन । उनी संगै कक्षाका साथीहरु पनि थिए ।

अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन् । उनी हातमा बोको पुस्ता साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

उनी भन्छिन्, ‘आफू मरेर भएपनि अरुलाई बचाउन चाहन्छु । ढलको पानीले जुत्ता र लुगा भिज्यो । धोएर सफा गर्न सकिन्छ । जो हवीलचियरमा ढलको पानीमा फसेको थियो । बगाउन पनि सक्थ्यो होला । मेरो लुगा फोहोर हुँदैमा मेरो जिन्दगी बर्बाद त हुदैन नि । तर, त्यो मान्छेको एक छिनको कारणले जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले मैले सहयोग गरेको हु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org