ताजा समाचार

लोकमानसिंह कार्की भन्छन्, ‘मेरो हत्या गर्ने षड्यन्त्र भएको सुईको पाएपछि परदेशिए’

काठमाडौं, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिहं कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाडेको बताएका छन् । तत्कालिन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका कार्कीीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको खबर घट्ना र विचार साप्ताहिकमा छ ।

केही महिनायता प्रवासमा रहँदै आएका कार्कीलाई तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नको जबाफ दिदै भने, मैले देश छाडेको होईन, छोडाईएको हो ।,

उनले अगाडी भने, ‘मलाई मेरो देश प्राणभन्दा प्यारो लाग्छ र अहिले म जहाँ छु त्यहाँ आफ्नो देश सम्झेर तड्पिरहेको छु । देश बर्बाद गर्नेहरू र देश लुट्नेहरूले मलाई आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् । मेरो माटोसँग टाढिएर रहनुपर्दा मलाई जुन छटपटी भएको छ, त्यो पीडा म यहाँ शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org