ताजा समाचार

गाउँ समाजको दबाव थेग्न नसकेर छाउपडी प्रथाविरुद्धका अभियन्ता नै छाउगोठमा बस्न बाध्य

काठमाडौं, ११ साउन । सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमाकला विक छाउपडी (रजश्वला) बार्ने चलनविरुद्धको अभियामनमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमाकला नै छाउ गोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।

‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे,’ उनी भन्छिन्, ‘त्इसबेला गाउँका सबै चुप भए, हामीले घर घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । उमाकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरु नै अहिले छाउगोठमा जान बाध्य छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org