ताजा समाचार

तुलसिपुर बजारमा आजदेखि हर्न बजाउन निषेध, बजाए कारबाही गरिने

दाङ, ११ साउन । तुलसिपुर बजार हर्न बजाउन निषेध गरिएको छ । सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न दाङको तुलसिपुर बजारलाई आजदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । हर्न निषेधित क्षेत्र घोषणासँगै आजदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् ।

यसबारे जानकारी दिन बजारका विभिन्न ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ । तुलसिपुर उपमहानगरपालिका–५ का जनप्रतिनिधिको बैठकले तुलसिपुरको बजार क्षेत्रलाई साउन ११ गतेदेखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org