ताजा समाचार

घरासयी विवादमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, हत्यारा फरार

बारा, ११ साउन । बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । मंगलबार राति कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षीय कृष्ण रामले ३० वर्षीय श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org