ताजा समाचार

सर्वेन्द्र खनालको ट्राफिक इन्चार्जहरुलाई निर्देशन, ‘बल लगाएर पनि उपत्यकाको जाम हटाउनुहोस्’

काठमाडौं, ११ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकाको जाम हटाउन निर्देशन दिएका छन् । उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन ट्राफिक इन्चार्जहरुलाई निर्देशन दिएका हुन् । खनालले ट्राफिक प्रहरी महाशाखामा ट्राफिक इन्चार्जहरुलाई बोलाएर खनालले जाम हटाउन निर्देशन दिएका हुन्। ‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् ।’

उनले तत्काल नै जाम हटाउने काम सुरु गर्न निर्देशन दिएका छन्। ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो पत्ता लगाउनुस्, उनले भने। ट्राफिक प्रहरीले पनि संयमित भएर काम गर्दा केही मात्रामा भएपनि जाम कम हुने उनले बताए। ‘जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ‘ खनालले भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।’

‘हो, सडकको अवस्था नाजुक छ, खाल्डाखुल्डी धेरै छन्, ट्राफिक लाइट छैन’ खनालले भने, ‘त्यसले गर्दा पनि काम गर्न समस्या भएको छ। सम्बन्धित निकायहरुको समन्वयमा सबै काम चरण चरणमा गर्छु।’ उपत्यकामा जथाभावी पार्किङ गर्ने काम भइरहेको र आजैबाट त्यसलाई पनि व्यवस्थित गर्ने काम सुरु भएको खनालले बताए।

त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताए। ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’ उनले भने, ‘कारबाही हुन्छ।’ काठमाडौंमा ट्याक्सी चालकहरुको पनि मनलाग्दी रहेको भन्दै ठगी गर्ने, मिटरमा जान नमान्ने चालकमाथि कारबाही गरिने बताए। उपत्यकामा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउने, मोडिफाइ गर्नेहरुमाथि पनि कडा निगरानी राखिने खनालले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org