ताजा समाचार

अमेरिकी युद्धपोत सिंगापुरमा दुर्घटना हुँदा १० सैनिक बेपत्ता, ५ सैनिक घाइते

काठमाडौं, ५ भदौं । अमेरिकी नौसेनाको एक युद्धपोत सिंगापुरमा दुर्घटना हुँदा १० सैनिक बेपत्ता भएका छन् । सिंगापुर नजिकै समुद्री क्षेत्रमा तेलवाहक जहाजसँग ठोक्किएर उक्त युद्धपोत दुर्घटना भएको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । प्रारम्भिक सूचनाका अनुसार लाइबेरियाली झण्डा भएको इन्धनवाहक जहाजसँग अमेरिकी नौसेनाको युद्धपोत ठोक्किएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org