ताजा समाचार

बार्सिलोना आक्रमणका मुख्य योजनाकार अन्धाधुन्ध गाडी चलाउने अबूयाकूब प्रहरी कारबाहीमा मारिए

काठमाडौं, ६ भदौं । बार्सिलोनामा अन्धाधुन्ध गाडी चलाएर आक्रमण गर्ने ड्राइभर प्रहरीको गोलीबाट मारिएका छन् । भ्यान ड्राइभर यूनुस अबूयाकूब स्पेन प्रहरीको आक्रमणमा मारिएका हुन् । स्पेन प्रहरीले आक्रमणमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको समयमा उनी मारिएको बताएको छ । प्रहरीका अनुसार अबूयाकूब नै भ्यान ड्राइभर हुन्, जसले बाटोमा हिँडिरहेका मानिसमाथि गाडी चढाएका थिए । घटनामा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए ।

अबूआयकूब लुकेर बसेको सूचना प्राप्त गरेपछि प्रहरीले घेराबन्दी गरी उनलाई समात्न खोजेको थियो । भाग्न खोज्दा प्रहरीले चलाएको गाली लागि उनको ज्यान गएको हो । अबूयाकूबले एउटा नक्कली विस्फोटक बेल्ट लगाएको सञ्चार माध्यमहरुले जनाएका छन् । सिसिटिभी फुटेजका आधारमा बार्सिलोना आक्रमणमा संलग्न २२ वर्षका अबूयाकूबको पहिचान भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org