ताजा समाचार

के आङ सान सुकीले यस्तो हृदयविदारक तस्बिर देखिनन् होला ?

काठमाडौं, ४ असोज । एक रोहिंग्या मुस्लिम आमाले आफ्नो मृत शिशुलाई छातिमा च्यापेर विलौना गरिरहेको हृदयविदारक तस्बिर सार्वजनिक भएको छ । उनको परिवार म्यानमारबाट बंगलादेश भाग्ने क्रममा चढेको डुंगा उल्टिएपछि नाबालक शिशुको मृत्यु भएको थियो ।

तर सान्त्वना दिइरहेकी ती महिला एक छिनपछि आफै कहालिएर रुन लागिन् किनकी उनका श्रीमानले जुम्ल्याहा छोरा मध्येको एक अब्दुल मसुदलाई मृत अवस्थामा लिएर आए । त्यसपछि आफ्नो मृत छोरालाई छातिमा टाँसेर ती महिला बिलौना गर्न थालिन् ।

यासिनका अनुसार शरणार्थिहरु चढेको डुंगामा एउटै परिवारका ४५ जना सदस्यहरु थिए । किनाराबाट केही मिटर अगाडि जानासाथ डुंगा पल्टेको थियो । तर पनि हानिदा बेगमको बच्चालाई बचाउन सम्भव भएन ।

बुद्धिष्ट सरकारको दमनबाट बच्नका लागि यतिबेला हजारौंको संख्यामा रोहिंग्या मुसलमानहरु म्यानमारबाट भागिरहेका छन् । यसलाई लिएर नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकीको विश्वभरबाट आलोचना भइरहेको छ ।

यो तस्बिरले एक नाबालक सिरियाली शरणार्थी अलान कुर्दीलाई सम्झाइदिएको छ, जो २०१५ को सेप्टेम्बरमा टर्कीको समुद्री तटमा मृत भेटिएका थिए । उनको तस्वीर त्यतिबेला विश्वव्यापी बनेको थियो । मात्र ४० दिनका रोहिंग्या बालकको फोटो फोटोग्राफर दार यासिनले दक्षिणपूर्वी बंगलादेशमा खिचेका हुन् ।

यासिनले टाइम म्यागजिनलाई भनेका छन्, ‘एउटा डुंगा पल्टिएको थियो । केही महिलाहरु बेहोस भएका थिए । आफ्नो परिवारको सदस्य बगेको भन्दै एक महिला चिच्याइरहेकी थिइन् । उनलाई अर्की महिलाले सान्त्वना दिइरहेकी थिइन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org