ताजा समाचार

स्थानीय तहमा खटिएका सात हजार कर्मचारी बाटैमा हराए, खोज्न उच्चस्तरीय कार्यदल गठन

काठमाडौं, ९ असोज । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरुको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव रहेको अनुगमन टोली गठन गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार, सरकारले विभिन्न मन्त्रालय र निकायबाट देशभरका स्थानीय निकायमा १२ हजारभन्दा बढी धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारी मात्र कार्यालयमा पुगेका छन् । बाँकी ७ हजार कर्मचारी कहाँ छन् ? सम्बन्धित सरकारी अधिकारीलाई नै कुनै जानकारी छैन ।

खटाइएको कार्यालयमा नपुगेका कर्मचारी खोजी गर्न र अवस्था पत्ता लगाउन अनुगमन टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org