ताजा समाचार

एएफसीद्वारा डिआइजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठक सम्मानित

काठमाडौं, २७ असोज । एसियन फुटबल कन्फिडरेशनले एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ । फुटबल म्याच फिक्सिङको अनुसन्धानमा अतुलनीय सहयोग पुर्‍याएको भन्दै एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई शुक्रबार एक समारोहकाबिच सम्मान गरेको हो । नेपाल प्रहरीका डिआजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले एएफसी भवनमा निम्त्याएर सम्मान प्रधान गरेको एएफसीले जनाएको छ ।

नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिङमा संलग्न भएको पाएइपछि सन् २०१५ को डिसेम्बरमा एएफसीको सदाचार र अनुशासन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो । अधिकारी अन्जन केसी र चार खेलाडीहरु विकास क्षेत्री, सन्दिप राई, रितेश थापा र सागर थापा फुलबलको नियम धमिल्याउँदै म्याच फिक्सिङमा संलग्न रहेको पाइएको थियो । म्याच फिक्सिङको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालीन प्रमुख एसएसपी सवेन्द्र खनालले (हाल डिआइजी) गरेका थिए । इन्सपेक्टरका रुपमा रहेका सुदिपराज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा अहंम भूमिका निभाएका थिए । औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भने, ‘नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एशियन फुटबल जगतलाई अनुशासित राख्न ठूलो कोशेढुंगाको काम गरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org