ताजा समाचार

व्यवस्थापिका संसद्को अन्तिम बैठक जारी लाईभ भिडियो

काठमाडौं, २८ असोज । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बिदाई बैठक सुरु भएको छ । संसद् भवनमा जारी बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गरिरहेका छन् । बैठकमा शीर्ष नेताहरुले पनि धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले बिदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्बिर खिचाइएकी थिइन् ।

समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो । विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्‌मा रुपान्तरित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org