ताजा समाचार

नेपाल र हङकङबिचको दोस्रो खेल रद्द, नेपाल डिभिजन २ मा घटुवा

काठमाडौं, ३० असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १र१ अंक बाँडेका छन् । यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा घटुवा भएको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) को सामना गर्दैछ ।

विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org