ताजा समाचार

प्रभु इन्स्योरेन्सले १९ % बोनस सेयर र ४६ %  हकप्रद निष्कासन गर्ने

काठमाडौं, ३० असोज । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयरसँगै हकप्रद घोषणा गरेको छ। गत बर्षको मुनाफाबाट कम्पनीले १९.२० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ १.०१ प्रतिशत नगद लाभांस दिने भएको हो । कम्पनीले बोनस बितरणपछि कायम चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद निष्कासन गर्ने जनाएको छ।

कम्पनीले बोनस सेयरका लागि कार्तिक ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। दोस्रो बजारमा कार्तिक २० गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले लाभांस पाउने छन्। साधारणसभा २१ गते हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपैयाँ छ। बोनसपछि चुक्ता पूँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ। थप ४६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड पुग्ने छ। आर्थिक बर्ष २०७५ सम्म बिमा समितिले निर्जिवन कम्पनीलाई एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org