ताजा समाचार

फिफा वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७६ औं स्थानमा

काठमाडौं, ३० असोज । फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।

दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९८ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् ।  विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार तुर्किमिनिस्तानले गरेको छ । तुर्केमिनिस्तान २२ स्थान माथि चढ्दै १ सय १४ औँ स्थानमा पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org